३ जेष्ठ २०७८, सोमबार

काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौ उपत्यकामा शुक्रबार पनि ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

आज मात्र नेपालमा थप ३३१ जनामा संक्रमण देखिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x