११ कार्तिक २०७७, मंगलवार

सीमा विवादबारे भारत र चीनलाई नेपालको यस्तो सुझाव (विज्ञप्ति)

0

काठमाडौँ : नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनबीच पछिल्लो समय देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत राखेको हो । लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास पनि नेपालले व्यक्त गरेको छ ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

उक्त हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

विज्ञप्ति-

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस