११ कार्तिक २०७७, मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३३१ जना कोरोना संक्रमित

0

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये एक हजार ५ सय ७८ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १७६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस