११ कार्तिक २०७७, मंगलवार

विभिन्न भू-भागमा वर्षा, बाढी – पहिरोको खतरा रहेकाले सतर्क रहन आह्वान

0

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणाली अवस्थित छ। महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखी मध्यम वर्षा भैरहेको देखिन्छ । गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा समेत भएको उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

यस्तै, राती सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको जनाइएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस