११ कार्तिक २०७७, मंगलवार

नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक

0

काठमाडौं : आज शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयमा छलफल हुने एक सदस्यले बताए ।

यसअघि विभिन्न कारण स्थगित भैरहेको सचिवालय बैठक आज नागरिकता विधेयकमा केन्द्रित रहने बताइएको छ ।

दुई वर्षदेखि समितिमा अलपत्र रहेको नागरितकता विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ। तर, कांग्रेसले यसको विपक्षमा छ ।

नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए। कांग्रेसको अडानपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गरेका हुन।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस