७ कार्तिक २०७७, शुक्रबार

भारतमा एकै दिन १४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

0

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments
0