५ कार्तिक २०७७, बुधबार

मेस्सी चुक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी

0

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

पछिल्लो नतिजासंगै उपाधि होडमा बार्सिलोनालाई गम्भिर धक्का लागेको छ ।

उसले लिगमा ५ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।

अब लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले तालिकामा एक अंकको अग्रता बनाउने अवसर पाएको छ । रियल मड्रिड आईतबार रियल सोसिडाडको भ्रमणमा निस्कदैछ ।

पहिलो हाफमा मेस्सीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर बार्सिलोनालाई सेभिल्लाको रक्षापङ्तीले दुख दिएको थियो ।

बार्सिलोनाले दोस्रो हाफको ७६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानलाई समेत मैदान उतारेको थियो । तर उनले समेत कुनै प्रभाव छाड्न सकेनन् ।

मेस्सीले शुक्रबार राति करियरको ७ सयौं गोलको कोशेढुङ्गा छुन असफल रहे ।

लिग लिडर बार्सिलोनाले आगामी मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्नेछ ।

बार्सिलोना ६५ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियलको ६२ अंक छ । सेभिल्ला ५२ अंक सहित तेस्रो स्थानमा छ ।

Facebook Comments
0