६ कार्तिक २०७७, बिहीबार

गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४३८ पुगे

0

पोखरा : गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २५, नवलपुरका १६, गोरखाका ५, म्याग्दीका १, कास्कीका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र उनीहरुलाई जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

Facebook Comments
0