३ कार्तिक २०७७, सोमबार

काठमाडौंमा थप ३ जनामा देखियो कोरोना संक्रमण

0

काठमाडौँ : काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो । यस्तै बिहीबार मात्र काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

Facebook Comments
0