३ जेष्ठ २०७८, सोमबार

सेनाद्वारा कैलालीका कोरोना सङ्क्रमित पुरुषको शव व्यवस्थापन

कैलाली : कोरोना सङ्क्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव धनगढीको मोहना घाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मृतकको शव सरकारले तयार गरेको मापदण्ड अनुसार प्रक्रिया पु¥याएर व्यवस्थापन गरिएको उनले बताए । शव व्यवस्थापनका क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेको बताइएको छ ।

0
Would love your thoughts, please comment.x
()
x