१० कार्तिक २०७७, सोमबार

गण्डकीमा थप ४२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २८९ पुगे

0

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब), तनहुँ, मनाङ र गोरखामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या २८९ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार बिहान निकालेको बिज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्ब) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् । मध्यपुरबिन्दुकै २ जनाको उमेर खुलेको छैन ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस