
राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण
काठमाडौं : लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
संघिय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी हुन् ।
नेपालको कानून अनुसार दुई सदनबाट पारित भएर आएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि संवैधानिक मान्यता पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस