३ कार्तिक २०७७, सोमबार

नेपालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २२ पुग्यो

0

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालीका–४ कैलालीका ४६ वर्षीय पुरुष रहेका छन् । उनको सेती प्रादेशिका अस्पताल उपचारको क्रममा मृत्यु भएको गौतमले जानकारी दिए ।

त्यसै गरि लम्कीचुहा नगरपालिका- २ कैलालीकै ४३ वर्षीय महिलाको पनि मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । र उनमा पनि कोरोना पुष्टि भएको हो ।

Facebook Comments
0