१५ कार्तिक २०७७, शनिबार

भारतमा कोरोनाबाट ३४१ जनाको मृत्यु, १३ हजार बढी संक्रमित

0

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट बुधबार ३ सय ४१ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार १३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमित र मृत्युदर उच्च रहेको भारतमा मंगलबार सर्वाधिक धेरै २ हजार बढीको मृत्यु भएको थियो ।भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । नम्बर एकमा अमेरिका छ ।भारतमा कोरोनाबाट हालसम्म १२ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ भने ३ लाख ६७ हजार संक्रमित भएका छन् । १ लाख ९४ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
0