
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा धान रोपाईं सुरु (फाेटाे फिचर)
काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा धान रोपाईं सुरु भएको छ । मनसुन सुरु भएसँगै लगातार पानी पर्न थालेपछि किसान रोपाईंमा व्यस्त हुन थालेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा सहितका देशका विभिन्न उपत्यका र बेंसीका ठाउँमा केही दिनदेखि धान रोपाईंको काम भैरहेको छ ।
म्याग्दीको मंगला गाउँपालिका, पिपलबोटको धानखेत
पहाड र तराईका अरु ठाउँमा पनि रोपाईंको सुरसार हुँदैछ । लकडाउनको कारण धेरैजना गाउँघरमै भएकाले यसपाली रोपाईं लगायत खेतीको काम गर्न सजिलो भएको छ ।
ललितपुरको टीकाभैरवमा खेतालालाई खुवाउन राखिएको खाजा
पोखराकाे फेवा फाँटमा किसानले रोपेको जेठोबूढो धान
पोखराकाे फेवा फाँटमा रोपाईँका लागि हलो र जुवा काँधमा बोकेर हिँडेका कृषक
प्यूठान नगरपालिका–४, गाजुरीमा कृषि यन्त्रको प्रयोगबाट रोपाईं गर्दै कृषक
स्राेत : रासस