९ माघ २०७७, शुक्रबार

सरकारद्वारा धानको मूल्य निर्धारण

काठमाडौं : सरकारले धानको मूल्य निर्धारण गरेको छ । मंगलबार अबेर साँझसम्म बसेको मन्त्रिपरिषद बैठकले मोटो धानको मूल्य दुई हजार ७ सय ३५ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको हो ।

यतिवेला देशभरका किसान चैतमा रोपेको मोटो धान भित्र्याउने चटारोमा छन् भने वर्षेधान रोपाईको तयारी गरिरहेका छन् ।

यस्तो वेला सरकारले निर्धारण गरेको धानको मूल्यले चैतेधान बिक्री गर्न किसानलाई सहज हुने भएको छ ।

अहिले तराईका किसानको खेतमा काट्न ठिक्क पारिएको चैतेधान मोटो हो ।

सरकारले चैतेधधान मोटोको मूल्य प्रतिक्विन्टल दुई हजार ७ सय ३५ रुपैयाँ, मध्यम धानको मूल्य दुई हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै वर्षेधानको रूपमा रोपिने मन्सुली, बाँसधान, बासमतीलगायतका लागि निर्धारण गरिएको मूल्य हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार यो वर्षवर्षे धान लगाउनुअघि नै मूल्य निर्धारण गर्ने योजनाअनुसार सरकारले निर्णय गरेको हो ।

‘हामीले यो वर्ष धानको समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गर्ने योजनाअनुसार सबै लागत तयार गरेका थियौँ,’ उनले भने, ‘कुल लागतमा १० प्रतिशत ढुवानी खर्च र २० प्रतिशत किसानको मुनाफा जोडेर मूल्य तय भएको छ ।’

उनले देशका विभिन्न जिल्लामा धान रोपाइँदेखि कटानसम्म हुने खर्चका शीर्षक निकालेर लागत निर्धारण गरेको बताए ।

उद्योग मन्त्रालयले कृषिको सिफारिसअनुसार धानको मूल्य तोक्न मन्त्रिपरिषदमा सिफारिस गरेको करिब एक सातामै सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस