८ कार्तिक २०७७, शनिबार

सेती अस्पतालकी स्टाफ नर्सलाई कोरोना संक्रमण

0

‘केही समय संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा बसेपछि उनीमा संक्रमण देखिएको हो,’ अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले भने, ‘उपचारमा खटिएका सबैको परीक्षण गर्दा उहाँमा संक्रमण देखियो ।’

सोमबार उनीसँगै अन्य १० जनाको रिर्पाेट आएको थियो । ती मध्ये अन्य ९ जनामा संक्रमण नदेखिएको उनले जानकारी दिए ।

संक्रमित नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि पनि कञ्चनपुरका २ जना र डडेल्धुराका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Facebook Comments
0