४ कार्तिक २०७७, मंगलवार

गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २२३ पुगे

0

पोखरा : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये गोरखामा १० जना, स्याङ्जाका ४ जना, पूर्वी नवलपरासीका २ जना,कास्किका १ जना, बाग्लुङका १ जनामा संक्रमण देखिएको हो ।

उनीहरु सबै भारतबाट आएको र सम्बन्धित क्वारेन्टाइनमा बसेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

No photo description available.
Facebook Comments
0