११ कार्तिक २०७७, मंगलवार

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

0

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो ।

एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस