११ कार्तिक २०७७, मंगलवार

अमेरिकामा २१ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

0

एजन्सी : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार २२३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा सोमबार बिहानसम्म १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३२६ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ६७ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७५ हजार ८७१ जनामध्ये १६ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस