११ कार्तिक २०७७, मंगलवार

बलिउड कलाकार सुशान्तसिंह राजपुतले गरे आत्महत्या

0

काठमाडौँ : बलिउड कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।

३४ वर्षीय सुशान्तले आइतबार आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । किन आत्महत्या गरे भन्नेबारे केही नखुलेको बताइएको छ ।

सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । उनले डेब्यू गरेको सिनेमा भने ‘कई पो चे’ हो । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

यसैबीच राजपूतका मेनेजेर दिसा सलियानले ६ दिनअघि आफू बसेको भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन्।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस