११ माघ २०७७, आईतवार

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

जसमा ९७४ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लोसमय ६१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७३ पुगेको छ । आज रुकुमपूर्व पनि थपिएको छ ।

आज थपिएका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ५१, रुपन्देहीका ६, सर्लाहीका ५ जना र शुक्रराज ट्रपिकल अस्पताल टेकुमा धादिङका २५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक विराटनगरमा मोरङ जिल्लाका २५, सुनसरी र झापाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल प्रयोगशालमा पर्साका १७, बाराका ९, सर्लाहीका १ र रौतहटका ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा प्रयोगशालामा नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै सेती अस्पताल प्रयोगशामा कैलालीका १२ डोटीका ३ जना बझाङ ५ डडेलधुरा २४ कञ्चनपुर २० जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालमा भएको परीक्षणमा बाँके र बर्दियाका ३/३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रुकुम पश्चिम १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा प्युठानका २ र दाङका ५६ जना महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक जनकपुर प्रादेशिक अस्पतालको परीक्षणमा रौतहटका १७, धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा रामेछापका २ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मीका ८ जना नवलपरासी पश्चिमका २ जना रुपन्देहीका २० जना र पालपाका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ३४ र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामा गरिएको परीक्षणणमा रौतहट र सिन्धुलीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस