८ कार्तिक २०७७, शनिबार

रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण

0

एजेन्सी : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ७०६ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख २० हजार १२९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ८२९ पुगेको छ ।

२ लाख ३८ हजार ६५९ जनाको उपचार भइरहेको छ भने २ लाख ७४ हजार ६४१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

Facebook Comments
0