३ कार्तिक २०७७, सोमबार

जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्यनिख उपाधि नजिक

0

एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

उसका लागि अब खेलको जीत मात्रै पनि उपाधिका लागि पर्याप्त हुनेछ ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन जोसुवा जिर्केजी र लियोन गोर्टेज्काले एक एक गोल गरे ।

मुन्छेनग्लाडबाखका लागि बायर्नकै बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए ।

जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँगको अंकदूरी ७ मा पुर्‍याएको छ । बायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ ।

Facebook Comments
0