५ कार्तिक २०७७, बुधबार

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक, अर्थमन्त्रीलाई पनि निम्तो

0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्दैछ ।

लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न बैठक बोलाइएको एक सदस्यले बताए ।

बैठक आइतबार साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडासहित एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो दिइएको छ ।

नेकपाले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व तीन सदस्यीय गरेको थियो । कार्यदलले यथास्थितिमा अनुमोदन गर्न नहुने निष्कर्ष निकालेको छ ।

संयोजक खनालसहित कार्यदलका सदस्य भीम रावल विद्यमान स्थितिमै एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा छन्। भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमसीसी हालकै अवस्थामा अनुमोदन हुँदा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितमा आँच नआउने बताउँदै आएका छन्।

यता, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एमसीसी यथास्थितिमा अनुमोदन गर्नुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष प्रचण्ड भने संशोधनविना कुनै पनि हालतमा अनुमोदन नहुने बताउँदै आएका छन् ।

Facebook Comments
0