११ कार्तिक २०७७, मंगलवार

राष्ट्रिय अखण्डताको विषयमा नेपाली एक : देउवा

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राष्ट्रिय अखण्डताको विषयमा एक रहेको बताएका छन् ।

 शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधनको दफावार छलफलमा सहभागी हुँदै देउवाले कांग्रेसले संविधान संशोधनमा पूर्ण समर्थन रहेको बताएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको उनले बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयको समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमीन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्शामा पनि काली नदीपूर्वको जमीन नेपालको भएको स्पष्ट रहेको बताए ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस