११ कार्तिक २०७७, मंगलवार

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

0

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता लिने बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिए। सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ ।

प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे ।

यस्तै, अध्यक्ष प्रचण्डले भारतीय मन्त्रीहरुलाई धन्यावाद समेत दिएका छन् । भारतले कस्मीर समावेश गरेर आन्तरिक राजनीतिमा व्यवस्थापनका लागि नक्सा जारी गरेपछि नै नेपालले विरोध जनाएको उल्लेख गर्दै उनले पछिल्लो पटक सडक उद्‌घाटन गरेर नेपाललाई आफ्नो अडान राख्ने अवस्था सिर्जन गरिदिएकोमा धन्यवाद दिएका हुन् ।

‘हामीले वार्ता र संवादबाटै यो समस्यालाई समाधान गरौला भन्ने चाहेका थियौं । तर, एकाएक सडक उद्घाटन गरेर हामीलाई ब्युझाइदिने काम भयो। यसका लागि धन्यवाद।’ उनले भने ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस