३ जेष्ठ २०७८, सोमबार

अमेरिकामा कोरोना संकटकाबीच भीषण आगलागी

एजेन्सी : कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा फेरी अर्को संकट आएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा कोरोना संकटकाबीच भीषण आगलागी भएको छ ।

आगलागीका कारण अमेरिकामा हजारौं एकड जमीनमा रहेको वनस्पतिरु जलेर नष्ट भएका छन् । अमेरिका र क्यालिफोर्निया तथा एरिजोनाको जंगलमा भीषण आगो लागेको छ । बितेको २४ घण्टा यता क्यालिफोर्नियाको क्याम्प पेन्डलटनमा अहिलेसम्म ८ हजार एकड जंगल जलेर नष्ट भएको छ ।

साथै लन्स एन्जेलिसका फरक फरक क्षेत्रमा भीषण आगोका कारण १२०० एकड जंगल जलेको छ । भेन्चुरा काउन्टीमा पनि भीषण आगलागी भएको छ । त्यहाँ २ सय एकड जंगल नष्ट भएको बताइएको छ भने जंगलमा लागेको आगोबाट बच्नका लागि २१ सय मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

१२५ दमकलकर्मी आगो निभाउन जुटेका छन् तर आगो लगातार फैलिरहेको बताइएको छ । अहिलेसम्म करिव ५ हजार एकड जंगलमा आगो लागिसकेको छ । गएको वर्षको अक्टुबरमा पनि क्यालिफोनिर्याको जंगलमा भीषण आगो लागेको थियो ।

जसका कारण एक लाख मानिसहरुले आफ्नो घर छोड्नुपरेको थियो भने २५ हजार भन्दा बढी घर जलेर नष्ट भएका थिए । गएको वर्ष दक्षिण अमेरिकामा १.४ अर्ब एकड क्षेत्रमा फैलिएको अमेजन जंगलमा ब्राजिलसहित नौ देशका जंगलमा आगो लागेको थियो । 

0
Would love your thoughts, please comment.x
()
x