११ कार्तिक २०७७, मंगलवार

कोरोनाबाट सर्वाधिक मृत्यु हुनेमा ब्राजिल दोस्रो मुलुक

0

एजेन्सी : ब्राजिल कोरोना भाइरसको संक्रमणबाट धेरै ज्यान गुमाउने देशको दोस्रो स्थानमा उक्लिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको शनिबारसम्मको तथ्यांक ब्राजिलमा कोरोनाबाट ४१ हजार ९ सय १ जनाको मृत्यु भएको छ । बेलायतमा भने मृत्यु हुनेको संख्या ४१ हजार ४ सय ८१ रहेको छ ।

सूचिको पहिलो स्थानमा अमेरिका रहेको छ ।

ब्राजिलको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ८ लाख २९ हजार ९ सय २ जना संक्रमित भएका छन् । त्यसैगरी ४१ हजार ९ सय १ जनाको मृत्यु भैसकेको तथ्यांकमा उल्लेख छ ।

ब्राजिल धेरै संक्रमित हुनेमा पनि दोस्रो मुलुक हो ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस