
सरिता गिरीबारे निर्णय लिन जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडौं : नेपाली भूमिबारे विवादास्पद अभिव्यक्ति दिएकी आफ्नै पार्टीकी नेतृ सांसद सरिता गिरीले संविधान संशोधन विधेयक संशोधन गर्न नहुने प्रस्ताव फिर्ता नलिएपछि समाजवादी संसदीय दलको बैठक बस्दैछ ।
सरकारले विपक्षी दलको ठुलो समर्थनका साथ ल्याउन लागेको सो प्रस्तावमाथि गिरीले विरोध गर्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले फिर्ता लिएकी छैनन् ।
सोही कारण अब के निर्णय गर्ने भन्ने विषयमा प्रतिनिधिसभाको बैठक बस्नुअघि अहिले बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिएका छन्।
प्रतिनिधि सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस