८ कार्तिक २०७७, शनिबार

अमेरिकामा कोरोनाबाट २४ घण्टामा ७८५ जनाको मृत्यु

0

एजेन्सी : अमेरिकामा कोरोना भाइरसको संकमण र मृत्युदर अस्थिर रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ७ सय ८५ जनाको संक्रमणबाट मृत्यु भएको छ । २६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या अन्य दिन भन्दा कम रहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

अमेरिकामा हालसम्म कोरोनाबाट २१ लाख १६ हजार बढी संक्रमित भएका छन् भने १ लाख १६ हजार ८ सय बढीको मृत्यु भएको छ । ८ लाख ३९ हजार उपचारपछि निको भएका छन् ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

Facebook Comments
0