८ कार्तिक २०७७, शनिबार

कोभिड-१९ विरुद्ध लड्न ह्वावेको एआई प्रविधिहरू एसिया प्यासिफिकमा उपलब्ध

0

७ वैशाख, काठमाडौं । चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड-१९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टिलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरू एशिया प्यासिफिक क्षेत्रका देशहरूलाई उपलब्ध गराउने भएको छ ।

ह्वावेले यसको लागि इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड र बंगलादेश तथा अन्य देशहरूसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत ह्वावेले सञ्चार चुनौतीहरू, कनेक्टिभिटीको सुनिश्चितता र आविष्कार गरिएका प्रविधिहरूको साथमा अत्यावश्यक सेवाहरूको लागि कोभिड-१९ महामारीको अवधिमा सम्बोधन गर्नेछ ।

Facebook Comments
0