
द्वन्द्वपीडित तथा अपाङ्ग बालबालिकालाई पलले खुवाए खाना
कोरोना महामारी विरुद्ध सरकारले गरेको लकडाउनको समयमा समस्यामा परेकाहरू नायक पल शाहले सहयोग गरेका छन् । केही दिनअघि चलचित्र प्राविधिकहरूलाई सहयोग गरेका शाहले सोमबार साँखुमा रहेको एक आश्रममा समेत सहयोग गरेका हुन् ।
सो आश्रममा रहेका असहायहरूलाई खाना खुवाउनको लागि उनी आश्रममा पुगेका थिए । द्वन्द्वपीडित तथा अपाङ्ग सेवामा आश्रममा रहेका ५५ असहायहरूलाई उनले खाना खुवाएका हुन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् ।
प्रतिक्रिया दिनुहोस